काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नेकपा एकीकृत समाजवादी (एस) निकट भ्रातृ संगठनहरुले प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा भेला भएर सो पार्टी निकट भ्रातृ संगठनहरुले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् ।
नेपाल खेलकुद महासंघ समाजवादी, अखिल नेपाल महिला संघ समाजवादी, अखिल नेपाल किसान महासंघ, युवा किसान संघ लगायतका भ्रातृ संस्थाहरुले विरोध प्रदर्शन गरेका हुन् ।
यसअघि सो पार्टीका अध्यक्ष माधव कुमार नेपालले देशको अहित नहुनेगरी एमसीसी अगाडि बढाउन चाहेको बताएका थिए । एमसीसीका कारण रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको उल्लेख गर्दै नेता नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ फागुन २०७८, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
राजसंस्था समर्थकलाई बिजुलीबजारमा प्रदर्शन गर्न रोक
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन
कर्फ्यूबीच सिमरा बजारमा प्रदर्शन र झडप
जनकपुरमा सात दलीय मोर्चाको प्रदर्शन
मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन