'ए मेरो हजुर ४’ को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

सफल खबर संवाददाता

शनिबार, २९ माघ २०७८, १२ : ३१
'ए मेरो हजुर ४’ को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत ‘फूलको थुङ्गा’ रिलिज भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लन्च गरिएको गीतमा अनमोल केसी र सुहाना थापा आकर्षण बने ।

कल्याण सिंहद्वारा संगीतबद्ध गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर समावेश छ । उदितनारायण झाको स्वरमा रहेको फिल्मकै दशकौं पुरानो हिट गीतलाई रिमिक्स गरिएको रोमान्टिक गीतमा अनमोल र सुहाना फिचर्ड छन् ।

गीतमा उनीहरु रोमान्टिक देखिएका छन् । गीतलाई डोल्पास्थित चर्चित पर्यटकीय थलो से फोक्सुन्डोमा छायांकन गरिएको छ । गीत सार्वजनिक समारोहमा से फोक्सुन्डो गाउँपालिकाका अध्यक्षसहितका पदाधिकारी पनि सहभागी थिए । कार्यक्रममा उनीहरुलाई सम्मान समेत गरिएको थियो ।

बैशाख १ गते रिलिज हुने फिल्मलाई लिएर दर्शकमाझ औधी पर्खाइ छ । कोरोनाभाइरस महामारीले थलिएको घरेलु फिल्म उद्योगलाई लयमा फर्काउन फिल्म सहायक हुने आशा निर्माताले लिएका छन् । निर्देशक तथा अभिनेत्री झरना थापाले नेपाली फिल्मको विकास र अस्तित्वको लागि सबैजना एकजुट हुनुपर्ने बताइन् ।ए मेरो हजुर ४ आगामी बैशाख १ गते प्रदर्शन हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस