काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लोको निर्वाचन फागुन १६ गते गर्ने निर्णय गरेको छ ।समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लामा कार्यसमितिको निर्वाचन गरिने जनाइएको छ ।
यसअघि ती जिल्लामा माघ १५ गते निर्वाचन मिति तोकिएको थियो । कोरोना संक्रमण बढेपछि समितिले उक्त निर्वाचन स्थगित गरेको थियो । पछिल्ला दिनमा कोरोना संक्रमण न्यून हुँदै गएपछि फागुन १३ गते निर्वाचन गर्ने मिति घोषणा गरिएको हो ।
निर्वाचन हुने १६ जिल्लामा प्रतिनिधि तथा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भएमा सोही दिन सम्बन्धित क्षेत्रको महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्यको समेत निर्वाचन सम्पन्न गरिने समितिद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ माघ २०७८, १७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्रको विवादबारे पूर्णबहादुर खड्काको धारणा : विभाजनको निर्णय नेतृत्वमै निर्भर हुने दाबी
मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न ढिलाइ भएकोप्रति कांग्रेसको आपत्ति
एकताका लागि काँग्रेस खड्का समूहको शर्त-पुरानै क्रियाशील सदस्यतालाई मान्यता दिनुपर्ने
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन