काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन पछि मात्रै अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्नुपर्ने प्रस्ट पारेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हिजो साँझ भएको टेलिफोन वार्ताका बारेमा प्रस्टीकरण दिदैँ प्रचण्डको सचिवालयले निर्वाचनपछि मात्रै एमसीसी पारित गर्नुपर्ने बिषयमा छलफल भएको जनाएको छ ।
प्रचण्डका स्वकिय सचिव रमेश मल्लले अध्यक्ष प्रचण्ड र एमाले ओलीका बीचमा टेलीफोन सम्वाद भएको जनाउँदैँ ‘अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो, यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं’ भन्दै प्रस्ताव गरेको स्विकार गरेका छन् ।
‘यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं, देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौँ’ मल्लले अध्यक्ष प्रचण्डको भनाई उद्यृत गर्दै जानकारी दिए । तर, एमाले अध्यक्ष ओलीले प्रचण्डको सो प्रस्तावलाई गम्भीरतापुर्वक नलिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार अध्यक्ष ओलीले जवाफमा भने, ‘बरु तपाईंहरुसङ्ग बहुमत छ, पास गर्नुस तर गैर संसदमा रहदासम्म संसद चल्न भने दिन्नौ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भयो ।’ अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला सहायक बिदेश मन्त्री डोनाल्ड लुले बिहिवार साँझ फोन गरेर अध्यक्ष प्रचण्डलाई २६ फ्रेबुअरी भित्र एमसीसी पारित गर्न दबाब दिए पछि प्रचण्डले एमाले अध्यक्ष ओलीसँग टेलिफोन वार्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ माघ २०७८, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड