रुक्साना र प्रमोदको ‘नोगेन’माथि चोरी आरोप

सफल खबर संवाददाता

शुक्रबार, २८ माघ २०७८, १० : ३२
रुक्साना र प्रमोदको ‘नोगेन’माथि चोरी आरोप

काठमाडौं। केही दिन अघि सार्वजनिक भएको ‘नोगेन’ टाइटलको गीतको संगीतलाई चोरीको आरोप लागेको छ । संगीतकार महेश खड्काले भरेको ‘नोगेन’को केही अंश आफ्नो आफूले संगीत गरेको गीतको संगीत मिसाइएको भन्दै चर्चित संगीतकार वसन्त सापकोटाले आपत्ति जनाएका हुन् ।

बाल गायिका रुक्साना लिम्बू र प्रमोद खरेलले गाएको उक्त गीत ४ दिन अघि सार्वजनिक भएको छ । उक्त गीत स्रोताहरुले अत्याधिक रुचाएका पनि छन् ।हाल उक्त गीतले युट्युवमा २३ लाखले हेरेका छन् । तर संगीतकार सापकोटाले आफूले संगीत गरेको ‘सागरसरी चोखो माया’ बोलको गीतको संगीतसँग मेल खाएकोले संगीतमा आफ्नो नाम राख्न मागसमेत गरेका छन् ।

सापकोटाले आफूले ‘सिलसिला’ चलचित्रमा समावेश ‘सागरसरी चोखो माया’ अंश र ‘मेरो आशा बन्यौं नोगेन’ लाइनमा संगीत मेल खाएको दावी गरेका छन् । उले उक्त संगीत आफूले भरेको संगितबाटै चोरिएको ठोकुवा गरेको हुन् ।

उक्त अंश गीतमा बारम्बार दोहोरिएकोले आफूले आफ्नो नाम राख्न माग गरेको बताएका छन् । तर उता संगीतकार महेश खड्काले भने गीतको संगीत नमिल्ने दावी गरेका छन् ।

संगीतकार खड्काले लिम्बू भाषाको ‘नोगेन’ अर्थात ‘धन्यवाद’ शब्दलाई मिलाएर रुक्सानका लागि गीत लेखेका थिए । उनले नै गीतमा संगीत भरहेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस