काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा उनी समूहको नेता छलफलमा जुटेका छन् ।
कांग्रेस नेता जीवन परियारले समसामयिक राजनीतिबारे कोइरालाले छलफल गर्न बैठक राखेको जानकारी दिए । आफ्नो समूहको छलफल सकेपछि कोइरालाले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई भेट्दै छन् ।
कोइरालाले देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट्ने नेता परियारले जानकारी दिए । उनका अनुसार सभापति र नेता कोइरालाबीचको भेटमा बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल हुनेछ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठक नजिकिएपछि कोइराला समूहले निरन्तर छलफल गरेर सभापतिलाई भेट्न लागेको हो । कोइराला समूहले सभापतिसँगको भेटमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डालगायत समसामयिक विषयमा छलफल गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ माघ २०७८, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई कटाक्ष गर्दै शेखर कोइरालाले किन यस्तो भने- यस्तै रहेछ यहाँको चलन ?
शेखर कोइराला पक्षको भेला विशालनगरमा सुरु
‘कुलिङ अफ पिरियड’लाई अनधिकृत रुपमा परिवर्तन गरिनु सामान्य घटना होइन: शेखर कोइराला
कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्रै हुनुपर्छ : शेखर कोइराला
शेखर कोइरालाको टिप्पणी : 'प्रधानमन्त्रीले कुलिङ पिरियडमा हठ राख्नुभयो'
प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात : शेखर कोइराला