काठमाडौं । नेपाल टेलिकमले फाइभजी सेवा परीक्षणको लागि आवश्यक प्रक्रिया अघि बढाएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेलिकमको १८औं वार्षिकोत्सवका अवसरमा फाइभजी सेवा अघि बढाउन निर्देशन दिएका थिए। मन्त्रीको निर्देशनसँगै टेलिकमले फाइभजी सेवा विस्तारको लागि आपूर्तिकर्ता (सप्लायर्स) सँग छलफल अघि बढाइरहेको छ।
नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले फाइभजी प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८ बमोजिम आपूर्तिकर्तासँग छलफल भइरहेको बताए। ‘नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभजी सञ्चालनको लागि फ्रिक्वेन्सी प्राप्त भइसकेको छ,’ उनले भने, ‘फोरजीको जडान अन्तिम चरणमा पुगेपछि फाइभजीको परीक्षण गर्ने पूर्वयोजना नै थियो।
देशभरका ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७२० वटामा फोरजी सेवा विस्तार गरिसक्यौं। अब हामीले फाइभजी विस्तारको लागि आवश्यक तयारी गरिरहेका छौं।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ माघ २०७८, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने
नेपाल टेलिकमको खुद मुनाफामा करिब १३ प्रतिशतको गिरावट
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या