काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिएका छन्। रक्षा मन्त्रालयको कार्यभार समेत सम्हालेका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरपर्दो व्यवस्था गर्न सम्बन्धित सबै मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन्।
शुक्रबार सिंहदरबारस्थित रक्षा मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकमा बोल्दै उनले विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि सुरक्षा जस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकता दिनुपर्ने स्पष्ट पारे। त्यस अवसरमा प्रधानमन्त्री देउवाले चालू आर्थिक वर्षको कार्यक्रम समयमै सम्पन्न गराउन पनि आफ्नो मन्त्रालयलाई सचेत गराएको रक्षा सचिव किरणराज शर्माले जानकारी दिए।
उनले भने ‘सम्माननीय प्रधानमन्त्रीज्यूले रक्षा मन्त्रालय मुलुकको सुरक्षा तथा प्रतिरक्षाजस्तो महत्वपूर्ण र संवेदनशील जिम्मेवारी बोकेको मन्त्रालय हो। सुरक्षा, सुशासन र विकासको पूर्वसर्त हो। भरपर्दो सुरक्षा प्रबन्ध नभई मुलुकमा एकातिर विकास, निर्माणका कार्यहरुलाई सहज रुपमा अघि बढाउन सकिन्न भने अर्कोतर्फ यसले पार्ने असरहरुलाई पनि हेर्नुपर्ने हुन्छ भनेर सुरक्षालाई उच्च प्राथमिकतामा राखेर सम्माननीय प्रधानमन्त्रीज्यूले यसलाई सम्बन्धित मन्त्रालय, निकायहरुले उच्च प्राथमिकतामा राख्न निर्देशन दिनु भएको छ।’
त्यस अवसरमा नेपाली सेनाको सबलीकरण, आधुनिकीकरण, सैनिक विश्वविद्यालयको स्थापनालगायतका विषयमा पनि छलफल गरिएको रक्षा मन्त्रालयले जनाएको छ। यता, रक्षा सचिव शर्माले बैठकमा आएका महत्वपूर्ण निर्देशन तथा सुझावलाई आत्मसात गर्दै कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ माघ २०७८, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गभर्नर नियुक्ति छिट्टै हुन्छ: देउवा
प्रधानमन्त्री ओली र देउवाबीच छलफल
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पीडितको प्रतिनिधित्व सुनिश्चित गर्ने देउवाको प्रतिबद्धता
ओली र देउवाबीच भेटवार्ता
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा