काठमाडौं । साताको अन्तिम कारोबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ५८ अंकले घटेर २ हजार ८ सय ७६ दशमलव ७५ अंकमा झरेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुो कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३.२६ अंकले घटेको छ ।
बिहीबार कारोबारको अधिकांश समय हरियो देखिएकोमा अन्तिममा दोहोरो अंकले घटेर कारोबार बन्द भएको हो । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने उचालिएको छ । एकैदिन बिहीबार साढे ८ अर्ब माथिको शेयर किनबेच भएको छ ।
दिनभर भएका १ लाख ८ हजार ३ सय ६५ कारोबारबाट २२४ कम्पनी/धितोपत्रको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच भएको छ । जसबाट कारोबार रकम ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १ सय ६२ पुगेको छ । बजार घटेपनि धेरै जसो हाइड्रोपावर कम्पनीहरु र निर्जिवन बीमा कम्पनीहरुको शेयर मूल्य उकालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० माघ २०७८, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै
लगातार चौथो दिन घट्यो सेयर बजार
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक