काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले अमेरिकी सहयोगको एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने बनाएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै उनले एमसीसी सम्झौता गर्ने सत्तासिनसँगै बहुमत रहेको बताएका छन् । सामाजिक संजालमा उनले लेखेका छन्, ‘एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने नै बनाएछ । सम्झौता गर्ने उनै हुन्, बहुमत उनैसँग छ । सेप्टेम्बर ३ को कायनवाचा उनैले गर्या हुन् । द्विपक्षीय विषय बहुपक्षीय बनाउने महान् कूटनीतिक सफलता उनकै हो । हिजो सजिलै सत्ताको लागि चिम्टा बनायौ, आज आफैंलाई सनासो भो । कसलाई था छैन र ? देख तेरा तमासा !’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० माघ २०७८, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु : गोकुल बास्कोटा
एमाले महाधिवेशन प्रतिनिधि छनौटमा गलत संस्कार देखियो: गोकुल बास्कोटा
प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक: गोकुल बास्कोटा
एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बाँस्कोटा
'परिस्थिति अझै खराब दिशातर्फ नजाला भन्ने अवस्था छैन' : गोकुल बाँस्कोटा
पार्टी छिटो पुनर्गठन गरौं: गोकुल बास्कोटा