काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । खाँणले बुधबार बिहान अध्यक्ष नेपालको निवास काेटेश्वरमै भेटेका हुन् ।
अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार भेटमा खास विषयमाथि कुराकानी भएको छैन । उनले भने, ‘यो नियमित भेटघाट हो । खास विषय केही थिएन ।’
तर निर्वाचन आयोगले सरकारलाई आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन मिति सिफारिस गरेकोप्रति माधवकुमार नेपाल सन्तुष्ट छैनन् । उनको चाहना भने आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्नु पर्ने भन्ने छ । यसैकारण गृहमन्त्री खाँणले निर्वाचन मिति तोक्नुअघि नेता नेपालसँग राय सल्लाह लिएको स्रोतको दाबी छ ।
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालुवाटार पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ माघ २०७८, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक