काठमाडौं । राप्रपाका निबर्तमान अध्यक्ष कमल थापाले एकाबिहानै सामाजिक सञ्जालमा पोष्ट गर्दै सनातन धर्म, संस्कृित र परम्परा नेपाली राष्ट्रिय एकता र राष्ट्रियताको आधारस्तम्भ भनेका छन् ।
पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता थापाले नेपालमा हामी १०० भन्दा बढी जातजातीका छौं, धेरै ठूलो संख्यामा विभिन्न भाषा भाषीहरु छन् भएको जनाउँदै भनेका छन्, ‘हामी कोही हिमालमा बस्छौं, कोही पहाड, कोही तराई मधेशमा बस्छौं । जुनसुकै जातीको भए पनि, जुनसुकै भाषा बोल्ने भए पनि जुनसुकै ठाउँमा बसोबास गर्ने भएपनि हामी सबै नेपालीहरुको साझा भगवान छन् । हामी को हिन्दु, को बुद्धिष्ट आपसमा अंकमाल गरेर भगवान पशुपतीनाथको दर्शन गर्दछौ, हलेशी महादेवको मन्दिरमा जान्छौं । हामी को हिन्दु, को बुद्धिष्ट आपसमा हातेमालो गरेर भगवान बुद्धको पुजा आराधान गर्दछौं ।’
उनले यसैलाई जोड्दै भनेका छन्, ‘चाहे टोपी लगाउने होस्, चाहे धोती लगाउने होस हामी सबैलाई एकताको सुत्रमा गास्ने कार्य यही सनातन धर्म र संस्कृतिले गरेको छ । चाहे मैथीली भाषा बोल्ने होस्, चाहे नेवार भाषा बोल्ने होस्, चाहे तामाङ भाषा बोल्ने होस्, चाहे खस भाषा बोल्ने होस् हामी सबैलाई एकताको सुत्रमा आवद्ध गर्ने काम यही सनातन धर्म र संस्कृतिले गरेको छ ।’
नेता थापाले भनेका छन्, ‘हाम्रो राष्ट्रिय गानको पहिलो पंक्तिमा ‘सयौँ थुंगा फुलका हामी एउटै माला नेपाली’ उल्लेख छ । सयौँ थुंगा फुललाई मालामा गाँस्न धागो चाहिन्छ । हाम्रो धार्मिक, साँस्कृितक र सामाजिक परिवेशमा त्यो धागो सनातन धर्म हो । यो एकताको आधारलाई बलियो बनाउनको निमित्त हामीले सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्छ भनेका हौं ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ माघ २०७८, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा