गैँडाकोटका मेयर छत्रराज पौडेलले कालीगण्डकी नदीमा छोडे ३१ हजार माछाका भुरा

ढोडेनीमा लगाईयो जलचर संरक्षण सुचना बोर्ड

प्रकाश सिग्देल

विहीबार, १३ माघ २०७८, १७ : ०५
गैँडाकोटका मेयर छत्रराज पौडेलले कालीगण्डकी नदीमा छोडे ३१ हजार माछाका भुरा

चितवन ।  कालीगण्डकी नदीमा ३१ हजार माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौँडा मकवानपुरले रहु र नैनी जातका माछाका भुरा कालीनदिमा छाडेको । गैडाकोट नगरपालिका प्रमुख मेयर छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा यहाँ माछाका भुरा छाडिएको हो ।

गैँडाकोट नगरपालिकावडा नम्वर ३ को ढोडेनी देखी १० किलोमिटर माथि महेश्वर खोला भ्रोक्रे फाट भन्ने स्थानमा पुगेर काली नदिमा माछा छाडेको हो । नदीमा पुगेर ३१ हजार माछाका भुरा छाडिएको कार्यालयका प्रमुख सरोज कुमार यादवले बताए ।

मेयर पौडेल आफै त्यहा सम्म पुगेर कार्यक्रममा सहभागिता जनाएर उनकै हातबाट माछाको भुरा नदीमा छोड्न पाउँदा आफुहरु धेरै खुसि भएको यादवले बताए ।कालि नदीमा माछाका भुरा छाड्दै मेयर पौडलले नदीमा माछाको प्रर्वद्धन गरी प्रकृतिको संरक्षणमा प्राकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्रले महत्वपुर्ण काम गरेको बताए । जलिय जैबिक बिविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रीत समुदायको आय स्तर अभिवृद्धिका लागि यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने मेयर पौडेलको भनाई छ । कालि नदीको संरक्षणका लागि यो महत्वपुर्ण काम भएको पौडेलको दावी छ ।

कार्यालयले यस अघि मकवानपुरको सामारी नदीमा पनी ३४ हजार र नारायणी नदीमा ४० हजार भुरा छोडीसकेको छ  । त्यस्तै कोशी नदीमा पनि माछाको भुरा छोड्ने योजना रहेको यादवले बताए ।खोला नालामा फोहोर ढल मिसाउने, बिषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने, नदिजन्य पदार्थको चरम दोहन गर्ने लगाएतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जिवनस्थर विकासका लागि आफुहरुले यो कार्यक्रम गरेको यादवको भनाई छ ।

त्यस्तै कार्यालयले गैँडाकोट स्थित ढोडेनी बजारमा रहेको बिद्यालय परिसरमा माछा संरक्षणका लागि सचेतना मुलक होडिगं बोर्ड समेत लगाएको छ । आफुहरुको मेची देखी महाकाली सम्म कार्यक्षेत्र रहेको र नदी नालाको अध्यायन गरी कुन माछा संकटमा छ त्यसको आधारमा माछालाई प्रर्वद्दन गर्न माछा भुरा छाँडिदै आएको यादवको भनाई छ । नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेटिक टन माछा मध्य २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने यादवले बताए । प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको उनकोे भनाई छ ।

जलाहारी बोटे लगायतका समुदायको आयस्थर विकास गर्न र नदीनाला बाट माछा मारेर जिवन निर्वाह गर्ने समुदायको हितका लागि यो कार्यक्रम संचालन गरिएको यादव बताउँछन । यसले पानीमा आश्रित गोही लगाएतका जनावरलाई समेत फाईदा पुग्ने उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस