काठमाडौँ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। शाहीले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उननको काठमाडौँ, हुम्ला र बाँकेसहितका जिल्लामा पर्याप्त जग्गा देखिएको छ। मुख्यमन्त्री भएको चार महिनापछि उनले बुझाएको सम्पत्ति विवरणमा तीन वटा कम्पनीमा सेयर लगानी गरेका छन् भने आफ्नो र परिवारको नाउँमा ठूलो मात्रामा नगद मौज्दात रहेको देखाएका छन्।
उनले आफ्नो नाममा चिलिमे हाईड्रोपावरको २६ सय कित्ता साधारण सेयर, ज्योति विकास बैंकको संस्थापक सेयर १० हजार कित्ता र कृषि विकास बैंकको ४०० कित्ता साधारण सेयर रहेको जनाएका छन्। शाही तथा उनका परिवारको नाममा विभिन्न बैंक, सहकारी संस्थाहरुमा १ करोड भन्दा बढी बचत रहेको देखिएको छ।
शाहीको नाममा सिटिजन्स बैंकमा पारिश्रमिकबाट पाएको २५ लाख रुपैयाँ, सानिमा बैंकमा ३८ लाख, एनआईसी एशिया बैंकमा १४ लाख, शुभचिन्तक सहकारीमा ६ लाख रुपैयाँ रहेको देखिएको छ। पत्नी बसन्ती शाहीको नाममा शुभचिन्तकमा ६ लाख, सिटिजन्स बैंकमा १५ लाख र एसबीआई बैंकमा १६ लाख रुपैयाँ रहेको छ।
शाहीले आफ्नो सम्पत्तिमा ५६ तोला सुन, २ किलो चाँदी रहेको जनाएका छन्। यस्तै उनीसँग सवारी साधनको नाममा ९५ लाखको कार, हुम्लाको सिमकोट– ६ मा ७२३.७५ क्षेत्रफल वर्ग किलोमिटर क्षेत्रफलको जग्गा, काठमाडौँ महानगरपालिका १६ मा ३३०.७५ वर्गमिटर, बसन्ती शाहीको नाममा हुम्ला जिल्लाको सिमकोट–६ मा ५४८।२५ वर्गमिटरमा क्षेत्रफलमा बनेको घर रहेको उल्लेख गरेका छन्। उनको काठमाडौँ चन्द्रागिरीमा १० रोपनीभन्दा बढी जग्गा खरिद गरेका छन्। शाहीले आफूसँग चौँरी, जुमा, गाई, गोरु १२ वटा, घोडा २ वटा र भेडाबाख्रा ५० वटा रहेको विवरणमा जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० माघ २०७८, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशलाई देखिने, सुनिने र अनुभव गरिने बनाउँछु : मुख्यमन्त्री कार्की
मधेस सबै समुदायको साझा घर हो, विभाजनले समाजलाई कमजोर बनाउँछ : मुख्यमन्त्री यादव
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार