कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले आइतबारबाट अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको छ । कार्यालयका केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको भन्दै कार्यालयले आइतबारदेखि अत्यावश्यक सेवा बन्द गर्ने जनाएको हो ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै केही कर्मचारीलाई कोरोना पुष्टी भएको र अन्य कर्मचारी लाई मिल्दो जुल्दो लक्षण देखापरेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी एवम् प्रशासकिय अधिकृत शिवराज जोशीका अनुसार शान्ति सुरक्षा र मुद्दा बाहेकका सबै सेवा बन्द गरिनेछ । उनले सेवा लिन आउने सेवाग्राहीलाई अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न र कोरोना बिरुद्धको खोप कार्ड लिएर आउन अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०८ माघ २०७८, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिकै उत्कृष्ट
वकिललाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पत्रकारहरूको धर्ना
४५ वटा कन्सलटेन्सी बन्द गर्न चितवन प्रशासनको निर्देशन
नारायणी किनारमा बाढीको जोखिम छ,सचेत रहनु: चितवन प्रशासन
प्रेस सेन्टर चितवनले दसबुँदे माग राख्दै बुझायो ज्ञापनपत्र