काठमाडौँ । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारवाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन् ।
आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्ड सहित पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि बिहान ११ बजेदेखि धर्ना बसेका हुन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमै धर्ना बसेका हुन् । गुठी संस्थानबाट महासंघले कानुनी प्रक्रिया पूरा गरी लिजमा लिएको ४ कठ्ठा जग्गा गत साउन २७ गते संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहित वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए ।
सो क्रममा महासंघ प्रदेश अध्यक्ष बञ्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ भदौ २०८२, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४५ वटा कन्सलटेन्सी बन्द गर्न चितवन प्रशासनको निर्देशन
नारायणी किनारमा बाढीको जोखिम छ,सचेत रहनु: चितवन प्रशासन
प्रेस सेन्टर चितवनले दसबुँदे माग राख्दै बुझायो ज्ञापनपत्र
सिडिओ कार्यालय पर्सामा तनाव, विवाद साम्य पार्न छलफल जारी
जिल्ला प्रशासन पर्साको प्रांगणभित्रका भाडाका सटर खाली गर्न ३५ दिने सूचना