काठमाडौँ । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारवाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन् ।
आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्ड सहित पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि बिहान ११ बजेदेखि धर्ना बसेका हुन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमै धर्ना बसेका हुन् । गुठी संस्थानबाट महासंघले कानुनी प्रक्रिया पूरा गरी लिजमा लिएको ४ कठ्ठा जग्गा गत साउन २७ गते संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहित वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए ।
सो क्रममा महासंघ प्रदेश अध्यक्ष बञ्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ भदौ २०८२, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिकै उत्कृष्ट
४५ वटा कन्सलटेन्सी बन्द गर्न चितवन प्रशासनको निर्देशन
नारायणी किनारमा बाढीको जोखिम छ,सचेत रहनु: चितवन प्रशासन
प्रेस सेन्टर चितवनले दसबुँदे माग राख्दै बुझायो ज्ञापनपत्र