न्युयोर्क । फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्किएको छ । विमानभित्रका एक यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि विमान मध्यआकाशबाटै फर्किएको हो । मास्क लगाउन नमानेपछि अमेरिकन एयरलाईनको उडान ३८ को बोइङ ७७७ मध्यआकाशबाट फर्किएको थियो । विमानमा १२९ यात्रु थिए ।
फर्किएर विमान अवतरण गर्ने वित्तिकै प्रहरीले अटेर गर्ने यात्रुलाई पक्राउ गरेको थियो । अमेरिकन एयरलाइन्सले ती यात्रुलाई आगामी दिनमा आफ्ना कुनै पनि उडानमा सेवा नदिने जनाएको छ ।
अमेरिकामा आन्तरिक उडानका क्रममा कोभिड नियम पालना अस्वीकार गर्नेविरुद्ध शून्य सहनशिलता अप्नाउने संघीय उड्यन प्रशासनले बताउँदै आएको छ । मास्क लगाउन नमान्ने यात्रुले विमान परिचारिकालाई दुव्र्यवहार गरेको विवरण सार्वजनिक भइरहेका बेला पछिल्लो घटना सार्वजनिक भएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०७ माघ २०७८, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि.....
उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए
सडकबाट बाहिरिँदै १० लाख यात्रु
काठमाडौं उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन
काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेलिकप्टर परिचालन
भोटेकोशीमा खसेको गाडी क्रेनले निकालियो, यात्रु बेपत्ता