यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि.....

एजेन्सी

सोमबार, १२ साउन २०८२, १० : ५३
यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि.....

स्टकहोम । स्कटल्यान्डमा एक जना पुरुष पक्राउ परेका छन् । विमान उडिरहेको समयमा उनले ठूलो स्वरमा चिच्याएर विमानलाई बमले उडाएर ध्वस्त पार्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिका कारण ग्लासगो विमानस्थलमा विमान अवतरण गर्ने बित्तिकै उनलाई पक्राउ गरिएको छ । 

यो घटना लन्डनको लुटन विमानस्थलबाट ग्लासगोका लागि उडेको इजीजेटको उडानमा भएको थियो । सामाजिक सञ्जालमा भाइरल  भिडियोमा नाम नखुलाइएका ती व्यक्तिले ‘म विमानमा बम फोडिदिनेछु’, ‘अमेरिका मुर्दावाद’, ‘ट्रम्प मुर्दावाद’ र ‘अल्लाहु अकबर’ भन्दै चिच्याइरहेको देखिन्छ । विमानमा रहेका अर्का यात्रुले उनलाई समातेर भुईँमा पछारेका थिए ।

विमान ग्लासगो विमानस्थलमा अवतरण गर्ने बित्तिकै प्रहरी ४१ वर्षीय ती पुरुषलाई पक्राउ ग‍रेर हिरासतमा राखेको छ । उनीसँग सोधपुछ भइरहेको छ । ग्लासगो टाइम्सका अनुसार, विमानभित्र रहेका कुनै पनि यात्रु वा विमानको सुरक्षामा कुनै हानि नभएको एयरलाइन्सले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस