काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको छ ।कोभिड–१९ महामारीको संक्रमण बढ्दै गएको विद्यमान अवस्थालाई मध्यनजर गर्दै आयोगले स्वास्थ्य मापदण्ड लागू गरेको हो । यही माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ ।
आयोगले बिहीबार विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायतसरोकारवालाले मापदण्डको पालना गर्नुपर्ने उल्लेख गरेको छ ।
आयोगको निर्देशनअनुसार मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाउनुपर्नेछ भने अनिवार्य रुपमा मास्क पनि लगाउनुपर्नेछ । मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था समेत गर्न आयोगले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ माघ २०७८, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले गरिन् निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल
आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग
मतदाता नामावली संकलन उत्साहजनक : निर्वाचन आयोग
मतदाता नामावली दर्ताको प्रचार गरिदिन दलहरूलाई निर्वाचन आयोगको आग्रह
प्रतिनिधिसभा चुनावमा स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पुग्दो छ: निर्वाचन आयोग
निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान