दुर्गममा कोरोना संक्रमण बढ्दै, तयारी शून्य

सफल खबर संवाददाता

बुधबार, ०५ माघ २०७८, १८ : ०१
दुर्गममा कोरोना संक्रमण बढ्दै, तयारी शून्य

ओखलढुंगा । दुर्गममा कोरोना संक्रमण दर उच्च देखिएको छ । ओखलढुंगामा ओमिक्रोन भेरियन्टको संक्रमण फैलिन थाले पनि स्थानीय तहको तयारी भने शून्य छ । स्वास्थ्य संस्थामा अत्यावश्यक औषधीसमेत नहुने गरेको उपभोक्ताको गुनासो छ । स्थानीय सरकार र सरकारी निकायले विद्यालय बिदा दिने बाहेक अरू कुनै कदम चालेका छन् । 

गाउँका विद्यालय बन्द भए पनि सदरमुकाम र निजी क्षेत्रका विद्यालय भने सुचारु नै देखिएका छन् । यो हप्ता मात्रै १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्पराज पन्तले बताए । स्वास्थ्य सामग्री तथा औषधी व्यवस्थापन, संक्रमितको उपचारबारे समयमै ध्यान नदिए जिल्लामा भयावह अवस्था आउनसक्ने भन्दै नागरिक समाजका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् । 

'सरकारी निकाले चासो नदिएको पाइएको छ । यसले भोलिका दिनमा निकै चुनौती हुन सक्छ,' पैरवी सञ्जालका  विएन श्रेष्ठले बताए । उनका अनुसार स्थानीय तह बढी सतर्क हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस