मनकामना मन्दिर शुक्रबारबाट बन्द हुने

सफल खबर संवाददाता

मंगलबार, ०४ माघ २०७८, १७ : ५०
मनकामना मन्दिर शुक्रबारबाट बन्द हुने

गोरखा । गोरखाको मनकामना मन्दिर शुक्रबारदेखी बन्द हुने भएको छ । मनकामना क्षेत्र बिकास समितिको आज बसेको बैठकले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पौष ३० गते गरेको निर्णय अनुसार नै मन्दिरमा शुक्रबारदेखी नृत्य पूजा गरी सर्व साधारणलाई मन्दिर प्रवेशमा रोक लगाउने निर्णय भएको समितिका कार्यकारी निर्देशक लेबेन्द्र गुरुङले बताए । 

‘आज र भोली भने हामीले सर्व साधारणलाई रोक लगाएका छैनौ’ तर शुक्रबारदेखी भने मन्दिरमा पूजारीले नृत्य पूजा बाहेक सर्व साधारणलाई माघ मसान्त सम्म रोक लगाउने निर्णय गरेका छौ’ उनले भने ।

बुधबार र बिहीबार भने सर्व साधारणले थाहा पाउने गरी मन्दिर बन्द गरिएको सूचना गर्ने समितिले जनाएको छ । तर यो बिचमा केबलकार भने बन्द हुने छैन ।शुक्रबारदेखी केबलकार तथा पैदल र यातायातबाट आउने तिर्थ यात्रीहरुले मन्दिरको रेलिङ बाहिरैबाट मन्दिरको सहयोगी मार्फत पूजा गर्न सक्ने समितिका कार्यकारी निर्देशक गुरुङले जानकारी दिए । ‘शुक्रबारदेखी मन्दिर आउने जो कोहीले पनि मन्दिर बाहिर रहेको बारबाट मन्दिरमा रहेका सहयोगी मार्फत मात्र पूजा आजा गर्न पाउने छ’  गुरुङले भने ।

पशु बलीको हकमा भने केबलकारमा नै रोक लगाउने तर ल्याई हालेको खण्डमा छुट्टै स्थानमा पूजाको ब्यव्स्थान गरी मन्दिर बाहिरै बली दिने ब्यवस्था मिलाईएको पनि समितिले जनाएको छ ।

मनकामना मन्दिरमा अहिले पनि दैनिक रुपमा ५ हजार भन्दा बढी मानिसहरुले पूजा आजा गर्दै आएको मन्दिरका मुल पुजारी ईन्सानबहादुर थापाले जानकारी दिए । पूजारी थापाले पनि शुक्रबारदेखी माघ मसान्तसम्म नृत्य पूजा गर्न समितिले निर्णय गरेको भन्दै सोही अनुसार उत्त समय सिमा भित्र नृत्यु पूजा मात्र हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस