खेलकुद मन्त्रीद्धारा श्रेष्ठलाई 'वर्ल्ड बुक अफ रेकर्ड' को प्रमाण प्रत्र हस्तान्तरण

सफल खबर संवाददाता

मंगलबार, ०४ माघ २०७८, १७ : ३९
खेलकुद मन्त्रीद्धारा श्रेष्ठलाई 'वर्ल्ड बुक अफ रेकर्ड' को प्रमाण प्रत्र हस्तान्तरण

काठमाण्डौँ । विश्वमै पहिलो पटक लामो समय पानीमाथी पद्माशन गरेर नेपाली युवाले विश्व किर्तिमान राख्न सफल भएका छन् । वाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथी बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी वर्ल्ड बुक अफ रेकर्डमा किर्तिमान दर्ता गराउन सफल भएका हुन् । 

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले श्रेष्ठलाई वर्ल्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका छन् । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् । त्यसक्रममा मन्त्री अथकले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । साथै आगामी दिनमा समेत युवाहरुलाई प्रेरीत गर्ने खालका यस्तै गतिविधिमा क्रियाशिल रहन समेत मन्त्री अथकले आग्रह गरे । 

सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रमको संचालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथी पद्माशन गरेका थिए । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस