काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च कारोबार भएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको यस दिन नेप्से सूचकमा अधिकतम ६९ अंकको वृद्धि आउँदै २९ सय २६.७४ विन्दुमा उक्लिएको हो ।
६९ अंकले बढेको बजारमा आज ९ अर्ब ६७ करोड ६३ लाखको कारोबार भएको छ । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ११.८१ अंकले बढ्दै ५४२.६३ विन्दुमा उक्लिएको छ । यस दिन सबै उपसूचकहरु धनात्मक हुँदै बजार नै हरियाली भएको छ भने आधा दर्जन कम्पनीको सेयर मूल्य ७ प्रतिशत माथिले वृद्धि भएको छ । यस दिन सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युत कम्पनीका सेयरधनीहरूले ९.९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी बोटलर्स नेपालका लगानीकर्ताहरूले ३.८२ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ माघ २०७८, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे