काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च कारोबार भएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको यस दिन नेप्से सूचकमा अधिकतम ६९ अंकको वृद्धि आउँदै २९ सय २६.७४ विन्दुमा उक्लिएको हो ।
६९ अंकले बढेको बजारमा आज ९ अर्ब ६७ करोड ६३ लाखको कारोबार भएको छ । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ११.८१ अंकले बढ्दै ५४२.६३ विन्दुमा उक्लिएको छ । यस दिन सबै उपसूचकहरु धनात्मक हुँदै बजार नै हरियाली भएको छ भने आधा दर्जन कम्पनीको सेयर मूल्य ७ प्रतिशत माथिले वृद्धि भएको छ । यस दिन सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युत कम्पनीका सेयरधनीहरूले ९.९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी बोटलर्स नेपालका लगानीकर्ताहरूले ३.८२ प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ माघ २०७८, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार