काठमाडौं उपत्यकामा उच्च सतर्कता

पत्रपत्रिकाबाट

आइतबार, ०२ माघ २०७८, ०८ : ४६
काठमाडौं उपत्यकामा उच्च सतर्कता

काठमाडौं । उपत्यकामा कोरोनाको नयाँ लहरले सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि  यहाँका स्थानीय तहले उच्च सतर्कता अपनाएको दाबी गरेका छन् ।

अहिले देखिएका सङ्क्रमितको  स्वास्थ्य  अवस्था  सामान्य भएको  र  जटिल  अवस्था  सिर्जना  भई स्वास्थ्य संस्थाले उपचार गर्न नभ्याए अस्थायी आइसोलेसन निर्माण गरी नागरिकलाई जोखिमबाट बचाउने तयारीमा स्थानीय तह छन्  । अहिले परीक्षण  गरिएकामध्ये  ५०  प्रतिशतभन्दा बढी सङ्क्रमित उपत्यकामा देखिँदै आएका छन् । 

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर  शाक्यले  कोरोना  सङ्क्रमित थप बढ्दै गए यसअगाडि सञ्चालनमा आएको सामाखुसीको आइसोलेसन सेन्टरलाई महानगरपालिकाले पुनः सञ्चालनमा  ल्याउने  बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस