तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् । विममाया र सुकबहादुरको अस्पताल ल्याउदै गर्दा बाटोमा र अन्य चार जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
घुमाउनेबाट धरमपानी आउदै गरेको ग १ ज ६५५५ नम्बर जिप सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुर्घटना भएको हो ।शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।
घाइते सबैको बन्दीपुर अस्पतालमा सामान्य उपचारपश्चात थपको उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जिपको चालक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ माघ २०७८, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा चालकको मृत्यु
अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते