कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

शनिबार, ०१ माघ २०७८, ०७ : ४३
कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मासम पुर्वानुमान महाशाखाका अनुसार शनिबार दिनभर प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस