काठमाडौँ । हिमाली जिल्ला मनाङमा २ सय ६३ नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय मनाङले स्थानीय तहमा सञ्चालन गरेको मतदाता नामावली संकलन अभियानअन्तर्गत दुई सय ६३ जना नयाँ मतदाता थपिएका हुन् ।
कार्यालयले जिल्लाका तीन वटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि पुस ९ गतेसम्म मतदाता नामावली संकलन अभियान सञ्चालन गरेको थियो ।
त्यसबाहेक निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट पनि मतदाता नामावली संकलन भइरहेको छ । पहिलो चरणमा मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिका तथा दोस्रो चरणमा नासो गाउँपालिकामा मतदाता नामावली संकलन गरिएको थियो ।
निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख निर्वाचन अधिकारी अनन्त सुवेदीले मनाङ ङिस्याङ गाउँपालिकाबाट सबैभन्दा बढी मतदाता थपिएको बताए । मनाङ ङिस्याङ गाउँपालिकाबाट २८, नार्पाभूमि गाउँपालिकाबाट १० र नासो गाउँपालिकाबाट २५ जना मतदाता थपिएका छन् । त्यसैगरी जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट दुई सय मतदाता थपिएका छन् ।
२०७७ चैतसम्म १८ वर्ष पुगेको मतदाता ६ हजार ३०९ पुगेको कार्यालयले जनाएको छ । यसैगरी मनाङमा बाहिरी जिल्लाका व्यक्तिले भने नामावली दर्ता गराएका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० पुस २०७८, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाटो र पानीको माग पुरा नभएपछि दार्चुलाका दुई स्थलमा भोट हाल्न आएनन् मतदाता
नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम
मतदाता भन्दछन् : जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक
नयाँ पुस्ताका मतदाता भन्दछन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
बैतडीमा एक लाख ५६ हजार मतदाता कायम