काठमाडौँ । हिमाली जिल्ला मनाङमा २ सय ६३ नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय मनाङले स्थानीय तहमा सञ्चालन गरेको मतदाता नामावली संकलन अभियानअन्तर्गत दुई सय ६३ जना नयाँ मतदाता थपिएका हुन् ।
कार्यालयले जिल्लाका तीन वटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि पुस ९ गतेसम्म मतदाता नामावली संकलन अभियान सञ्चालन गरेको थियो ।
त्यसबाहेक निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट पनि मतदाता नामावली संकलन भइरहेको छ । पहिलो चरणमा मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिका तथा दोस्रो चरणमा नासो गाउँपालिकामा मतदाता नामावली संकलन गरिएको थियो ।
निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख निर्वाचन अधिकारी अनन्त सुवेदीले मनाङ ङिस्याङ गाउँपालिकाबाट सबैभन्दा बढी मतदाता थपिएको बताए । मनाङ ङिस्याङ गाउँपालिकाबाट २८, नार्पाभूमि गाउँपालिकाबाट १० र नासो गाउँपालिकाबाट २५ जना मतदाता थपिएका छन् । त्यसैगरी जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट दुई सय मतदाता थपिएका छन् ।
२०७७ चैतसम्म १८ वर्ष पुगेको मतदाता ६ हजार ३०९ पुगेको कार्यालयले जनाएको छ । यसैगरी मनाङमा बाहिरी जिल्लाका व्यक्तिले भने नामावली दर्ता गराएका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० पुस २०७८, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपुरमा थपिए नौ हजार मतदाता
डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए
कास्कीमा थपिए १७ हजार ७८६ मतदाता
कोशीमा मतदाता नामावलीका लागि एक लाख ५७ हजारको निवेदन
प्रतिनिधिसभा निर्वाचन : तनहुँमा आठ हजार ३६६ मतदाता थपिए
आठ लाख ३७ हजार नयाँ मतदाता थपिए