बैतडी । हत्या लुकाउन बैतडीको सुर्नया गाउँपालिका– ६ का एक व्यक्तिले अपहरणको नाटक गरेको प्रहरीको अनुसन्धानले देखिएको छ । प्रहरीका अनुसार अभियुक्त २३ वर्षीय हरीश अवस्थी हुन्, उनले सुर्नया– ६ कै ३० वर्षीय डम्बर अवस्थीको हत्या गरेर नजिकै जंगलमा गाडेका थिए ।
बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रमेश पालका अनुसार लामो अनुसन्धानपछि अभियुक्त पत्ता लागेका हुन् । अहिले प्रहरीले शवसमेत फेला पारिसकेको छ ।यही पुस २३ गते हरीशले आफू अपहरणमा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेपछि प्रहरीले उनीमाथि आशंका गरेको थियो । हरीशले गाउँकै दुई जनाले ‘विप्लव’ समूहलाई आरोप लगाएर आफ्नो अपहरण गरेको बताएका थिए ।
स्थानीय एक विद्यालयका शिक्षकसमेत रहेका हरीशले २२ गते राति आफूलाई अपहरण गरेर बाँकेको राप्ती नदीकिनारको शौचालयमा राखेको जनाएका थिए । उनको फेसबुक पोस्टकै आधारमा बैतडी प्रहरीले बाँके प्रहरीलाई जानकारी गरायो । त्यसपछि शुक्रबार बेलुकी ८ बजे नै बाँकेस्थित राप्ती नदीकिनारबाट उनको उद्धार गरेर बैतडी ल्याइएको थियो ।
मृतक डम्बर विप्लव कार्यकर्ता रहेको अनुसन्धानले देखाएको छ । उनी मंसिर १४ गतेदेखि बेपत्ता थिए । उनी आठ–दश दिन बिराएर घरमा आउने हुनाले शुरूमा घर–परिवारले वास्ता गरेका थिएनन् । धेरै दिन बित्दा पनि घर नआउँदा र सम्पर्क पनि नगर्दा घर–परिवार खोजलतास गर्न थाले । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३० पुस २०७८, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा
अमेरिकी महिला पोखराबाट अपहरण, मकवानपुरबाट उद्धार
अमेरिकी वृद्धा अपहरण गरेको आरोपमा एक महिला पक्राउ
अमेरिकाले आफ्ना नागरिक ‘अपहरण’ गरेको भेनुजुएलाको आरोप
पाकिस्तानमा रेल अपहरण : २१४ बन्दी, ३० जनाको हत्या