एजेन्सी । कोलम्बियामा नेशनल लिबरेशन आर्मी (ईएलएन) विद्रोही समूहविरुद्ध अभियान गर्दा अपहरण गरिएका १८ सैनिकहरू स्थानीय बासिन्दा र क्याथोलिक चर्च तथा मानवअधिकार कार्यालयको सहयोगमा रिहा भएका छन् ।
रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार, ती सैनिकहरूलाई उत्तर पश्चिमी चोको विभागमा करिब २०० व्यक्तिले घेरेर जबरजस्ती एक आदिवासी आरक्षणमा लगिएको थियो ।
स्थानीय बासिन्दाहरूले सोमबार सैनिकहरूलाई क्याथोलिक चर्च र मानवअधिकार संरक्षण कार्यालयका प्रतिनिधिहरू मिलेर बनाएको मानवीय आयोगलाई हस्तान्तरण गरेका थिए ।
मानवअधिकार संरक्षण कार्यालयले सार्वजनिक गरेको भिडियोमा सैनिकहरूले आफ्नो युद्धका सामग्री र हतियार संकलन गर्दै गरेको देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०९ पुस २०८२, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डीआर कंगोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध
कोलम्बियामा कार बम आक्रमण, ५ जनाको मृत्यु, ३६ व्यक्ति घाइते