कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

शुक्रबार, ३० पुस २०७८, ०७ : ४७
कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार  शुक्रबार बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

यस्तै शुक्रबार दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ । प्रदेश १ को पहाडी  भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ ।  यस्तै राति देशभर आंशिक बदली रहने छ।

प्रतिक्रिया दिनुहोस