काठमाडौं । मोरङको लेटाङमा गएराति एक वृद्धको हत्या भएको छ । खोटाङबाट पाहुना गएका ८१ वर्षीय सीताराम बुढाथोकीको हत्या भएको हो । बुढाथोकीको हत्या आरोपमा प्रहरीले डम्बर भुजेललाई पक्राउ गरेको छ ।
मोरङका एसपी जनार्दन जिसीका अनुसार लेटाङ नगरपालिका– २ फँडानीमा बुढाथोकीलाई भुजेलले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।
सोमबार बेलुका मृतक र हत्या आरोपी वृद्धसँगै मदिरा सेवन गरेका थिए । मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ पुस २०७८, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीमतीलाई घरमा अर्कै पुरुषसँग भेटेपछि हत्या
स्याङ्जामा युवकको हत्या
ललितपुरमा एक महिलाको हत्या, श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
जनकपुरमा एक युवतीको हत्या, २ जना घाइते
दाजुको हत्या गरी फरार युवक पक्राउ