धनगढी । नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्षमा रतन थापा विजयी भएका छन् । थापाले प्रत्यासी रणबहादुर चन्दलाई चार मतले पराजित गरेका हुन् ।
आठौं अधिवेशनमा भएको चुनावमा थापाले २ सय ८७ मत पाउँदा चन्दले चन्दले २ सय ८३ मतमा चित्त बुझाए । एमाले कैलालीको उपाध्यक्षमा दुर्गा जोशी विजयी भएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी सीताराम बुढाथोकीलाई पराजित गर्दै जोशी विजयी भएका हुन् ।
जोशीले ३ सय २७ मत पाए भने बुढाथोकीले २ सय ९ मत पाएका हुन् । सचिवमा डेजी पाण्डे २ सय ९४ मत ल्याएर विजयी भएका छन्, भने उनका प्रतिस्पर्धी दानबहादुर विक २ सय ६० मत ल्याएर पराजित भएका छन् ।
उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन् । उपाध्यक्ष र सचिवमा विजयी भएका जोशी र पाण्डे दुबै चन्द प्यानलका उममेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ पुस २०७८, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत