दाङ । दाङमा बस दुर्घटना हुँदा ९ महिने शिशुको मृत्यु भएको छ। दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्। वीरगञ्जबाट सुर्खेत जाँदै गरेको बस देउखुरी नजिकै सडकबाट तल खस्दा दुर्घटनामा परेको हो।
देउखुरी नजिक पर्ने राप्ती गाउँपालिका ५ सिसहनियाँमा बस पल्टिँदा भारतीय नागरिक असिर आलमका छोरा नानु आलमको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका शिशुलाई उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा ९ जना घाइते भएका छन्। घाइते सबै लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ। दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार बिहान साढे ३ बजे बस दुर्घटनामा परेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ पुस २०७८, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु