दाङ । दाङमा बस दुर्घटना हुँदा ९ महिने शिशुको मृत्यु भएको छ। दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्। वीरगञ्जबाट सुर्खेत जाँदै गरेको बस देउखुरी नजिकै सडकबाट तल खस्दा दुर्घटनामा परेको हो।
देउखुरी नजिक पर्ने राप्ती गाउँपालिका ५ सिसहनियाँमा बस पल्टिँदा भारतीय नागरिक असिर आलमका छोरा नानु आलमको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका शिशुलाई उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा ९ जना घाइते भएका छन्। घाइते सबै लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ। दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार बिहान साढे ३ बजे बस दुर्घटनामा परेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ पुस २०७८, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु