काठमाडौं । कोरोना संक्रमणको जोखिम फेरि बढ्न थालेपछि त्यसको रोकथाम र नियन्त्रणका उपायबारे काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन् ।
कोरोना संक्रमितको संख्या क्रमशः बढ्दै गएपछि पूर्वसतर्कता अपनाउनेबारे तीनवटै जिल्ला प्रशासन कार्यालयका अधिकारीले छुट्टाछुट्टै आन्तरिक तयारी अघि बढाएका हुन् ।
कोरोना संक्रमण बढ्दै गएमा प्रशासनको भूमिका कस्तो हुनुपर्दछ भन्ने विषयमा सोच्ने, विगतको समीक्षा गर्ने र सम्भावित उपायबारे कुराकानी हुने क्रम शुरू भएको प्रशासनका अधिकारीहरू बताउँछन् । यद्यपि यी कुराकानी प्रारम्भिक किसिमको रहेको बताइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २६ पुस २०७८, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत
तीस वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण
स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने कार्ययोजना माग
इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न चार अस्पताल सूचीकरण