काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमको समुपस्थितिमा मंगलबार सम्पन्न वरिष्ठ व्यवस्थापन टोली बैठकले स्वास्थ्य क्षेत्रका सुधारात्मक कार्यहरूलाई गति दिन ठोस निर्णयहरू गरेको छ।
बैठकले मन्त्रालयका मातहतका विभाग, केन्द्र र महाशाखाहरूलाई परिवर्तित सन्दर्भमा जनचाहना अनुरूपका स्वास्थ्य सुधार कार्यक्रमहरू तय गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना तयार पार्ने निर्देशन दिएको छ। सो कार्ययोजना मिति कार्तिक १२ गतेभित्र मन्त्रालयमा पेश गर्न तथा नीति, योजना तथा अनुगमन महाशाखाले कार्तिक १३ गतेभित्र एकीकृत प्रतिवेदन पेश गर्ने निर्णय बैठकले गरेको छ।
यसबाहेक, मन्त्रालय मातहतका विभाग र संघीय अस्पतालहरूले गर्ने सार्वजनिक खरिद प्रक्रिया र औषधि दर्ता प्रणालीलाई अत्यन्त पारदर्शी बनाउने निर्णय पनि गरिएको छ। सम्बन्धित निकायले आफ्नो कार्यक्षेत्रभित्र पूर्ण जिम्मेवारी र जवाफदेहिताका साथ कार्यान्वयन गर्नुपर्ने, साथै गुनासाहरूको तत्काल सम्बोधन गर्नुपर्ने बैठकले जोड दिएको छ।
त्यस्तै, मन्त्रालयले केही समसामयिक र संवेदनशील विषयमा संघीय, प्रादेशिक तथा स्थानीय तहका निकायहरूसँग समन्वय र छलफलका लागि सानो टोली सातै प्रदेशमा खटाउने निर्णय पनि गरेको छ। ती विषयहरूमा हालै नर्सिङ कर्मचारीका तलब–सुविधासम्बन्धी विरोध प्रदर्शन, जेन–जी घाइतेहरूको वर्गीकरण, जेन–जी क्लिनिक सञ्चालनको अवस्था र मनोसामाजिक परामर्श सेवा सञ्चालन रहेका छन्।
बैठकले यी निर्णयहरूको कार्यान्वयनबाट स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीहरू समाधान गर्न र सुधारका कार्यक्रमलाई तीव्रता दिन सकिने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ कार्तिक २०८२, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न चार अस्पताल सूचीकरण
स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार, तत्कालीन सचिव, निर्देशकलगायतविरुद्ध मुद्दा दायर
इजरायलले छनोट गरेका ५ संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न पाउने