इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न चार अस्पताल सूचीकरण

सफल खबर संवाददाता

सोमबार, ०२ भदौ २०८२, ०७ : २८
इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न चार अस्पताल सूचीकरण

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल जान चाहने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि चार वटा स्वास्थ्य संस्थालाई सूचीकरण गरेको छ ।

 उच्च अदालत पाटनको उत्प्रेषण परमादेश आदेशअनुसार विज्ञ समितिको सिफारिसका आधारमा चारवटा स्वास्थ्य संस्था सूचीकरण गरिएको मन्त्रालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । 

सूचीकरणमा परेका स्वास्थ्य संस्थाहरुमा स्टार हस्पिटल, ह्याम्स अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र किष्टल डायग्नोष्टिक प्रा. लि. छन् । 
नेपाल मेडिसिटी हस्पिटलको भने हाललाई सूचीकरण प्रक्रिया स्थगन गरिएको मन्त्रालयले जनाएको छ ।

उच्च अदालत पाटनले वैदेशिक रोजगारीका लागि इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि पाँच वटा स्वास्थ्य संस्थालाई सूचीकरण गर्न परमादेश आदेश दिएको थियो । आदेशअनुरूप मन्त्रालयले चार संस्थालाई मात्र सूचीकरण गरी एक संस्थाको प्रक्रिया स्थगन गरिएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस