काठमाडौं । राप्रपा पूर्वअध्यक्ष कमल थापाले २७ पुसबाट गर्न लागिएको राष्ट्रिय एकता अभियान रोकेका छन् । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि उनले अभियान रोकेको जानकारी दिएका हुन् ।
‘२७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ’, थापाले भनेका छन् ।
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी कार्यालयमा समेत नगई बसेका थापाले राष्ट्रिय एकता अभियान गर्न लागेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ पुस २०७८, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ