कप्तान लाथमको उत्कृष्ट ब्याटिङ प्रेरित न्युजिल्यान्डको सुखद् सुरुआत

सफल खबर संवाददाता

आइतबार, २५ पुस २०७८, १५ : १५
कप्तान लाथमको उत्कृष्ट ब्याटिङ प्रेरित न्युजिल्यान्डको सुखद् सुरुआत

काठमाडौं । कप्तान तथा ओपनर टम लाथमको शतकप्रेरित न्युजिल्यान्डले बंगलादेशविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा सुखद् सुरुआत गरेको छ । क्राइष्टचर्चमा टस हारेर ब्याटिङका लागि आएको न्युजिल्यान्डले आइतबार पहिलो दिनको समाप्तिमा एक विकेट गुमाउँदै ३४९ रन बनाएको हो ।  

२८ चौका हिर्काएका लाथमले अविजित १८६ बनाए । डेभोन कनवे ९९ रनमा अविजित छन् । यस्तै विल योङले अर्धसकीय इनिङ खेल्दै ५४ रनमा आउट भए । 

लाथम र कनवेले दोस्रो विकेटका लागि अविजित दुई सय एक रनको साझेदारी गरिसकेका छन् । बंगलादेशका सोरिफुल इस्लामले एक विकेट लिए । पहिलो टेस्टमा बंगलादेशले न्युजिल्यान्डविरुद्ध आठ विकेटको जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस