काठमाडौँ । १३ जिल्लामा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष सर्वसम्मत छानिएका छन् । शुक्रबार ६३ जिल्लाको जिल्ला अधिवेशन सुरु भएपनि अधिकांश जिल्लामा निर्वाचन हुने भएको छ ।
नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार सर्वसम्मत अध्यक्ष चयन भएका जिल्लाहरुमा झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया छन् । त्यसैगरी बाँके, धादिंग, अर्घाखाची, मोरङ,काभ्रे, भक्तपुर, गुल्मीमा पनि सर्वसम्मत नेतृत्व चयन भएका छन् ।
नेता रिजालका अनुसार झापामा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ, बाँके किस्मतकुमार कक्षपति, धादिङमा भूमि त्रिपाठी र अर्घाखाँचीमा पीताम्बर भुसाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी मोरङमा ऋषिकेश पोखरेल, काभ्रेमा अशोक ब्याञ्जु, भक्तपुरमा बचन देउजा र गुल्मीमा बालसिंह काउछा जिल्ला कमिटी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी मजदुर विशेषतर्फ जितेन्द्र श्रेष्ठ निर्वाचित भएको रिजालले जनाएका छन् । शुक्रबार ६३ जिल्लाको जिल्ला अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ पुस २०७८, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् पुन:स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप
एमालेमा किन अटाउन सकेनन पुष्पलाल देखि मदन भण्डारीसम्मका परिवार !
आज देशका सबै पालिकामा प्रदर्शन गर्दै एमाले
एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु, कहाँबाट कति ?
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ
एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने