ललितपुर । ललितपुरको कोञ्ज्योसोम-३ शंखु छापकमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ ।
प्रहरी कार्यालय गोटीखेलका प्रहरी हलल्दार प्रकाश श्रेष्ठका अनुसार गोटिखेलबाट चापागाँउतर्फ जाँदै गरेको बा३ख ४१०८ नम्बरको बसको टायर पञ्चर भई रोकीराखेको अवस्थामा पिसाब फेर्ने क्रममा करेन्ट लागेर बस चालक कोञ्ज्योसोम दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको मृत्यु भएको हो ।
हवल्दार श्रेष्ठका अनुसार करेन्ट लागेर घाइते भएका घिमिरेलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार साँझ ५ बजेर २५ मिनेटको समयमा घिमिरे ढलेपछि उठाउन जाँदा करेन्ट लागेको थाहा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ पुस २०७८, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
पोखरीमा डुबेर युवकको मृत्यु
माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु