नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट- छानबिन गर्न समिति गठन, तीन दिनभित्र प्रतिवेदन दिन निर्देशन

सफल खबर संवाददाता

विहीबार, २२ पुस २०७८, १३ : ३७
नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट- छानबिन गर्न समिति गठन, तीन दिनभित्र प्रतिवेदन दिन निर्देशन

काठमाडौँ । नारायणहिटी दरबार संग्रहालयको मूल गेटमा सञ्चालन गर्न बतास समूहलाई दिइएको रोयल बगैंचा रेस्टुरेन्ट ठेक्का प्रक्रियाको छानबिनका लागि समिति गठन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा बिहीबार ४ सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य छन् ।

तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस