चिकित्सकले गरे बाबुको आन्द्रा छोरामा प्रत्यारोपण

एजेन्सी

विहीबार, २२ पुस २०७८, ११ : ४३
चिकित्सकले गरे बाबुको आन्द्रा छोरामा प्रत्यारोपण

एजेन्सी । चेन्नइका एक बाबुले आफ्नो एउटा सानो आन्द्रा दिएर छोरालाई बचाएका छन् । सात घन्टा लामो शल्यक्रियापछि बाबुको आन्द्रा छोराको पेटमा सफल प्रत्यारोपण गरिएको हो । शल्यक्रिया गर्न आठ चिकित्सक र २४ जना नर्सको एउटा टोली खटिएको थियो । 

४ वर्षीय बालकको सानो आन्द्राले काम गर्न छोडेपछि बाबुको आन्द्रा प्रत्यारोपण गरिएको थियो । जटिल शल्यक्रियापछि बाबुको १५० सेन्टिमिटर लामो आन्द्रा छोराको पेटमा सफल प्रत्यारोपण गरिएको चिकित्सकले जनाएका छन् । यो शल्यक्रिया दुलर्भमध्येको एक भएको चिकित्सकको भनाई छ ।

निरन्तर वान्ता गर्न थालेपछि गुहान नाम गरेका ती बालकलाई तीन महिनाअघि अस्पताल भर्ना गरिएको थियो । बालकको सानो आन्द्रा बेरिएको र रक्तनलीको प्रवाह रोकिएको उपचारको क्रममा थाहा भएको थियो । 

सम्पूर्ण कोषहरु मरेकोले आन्द्राले काम गर्न छोडेको थियो । आन्द्राले काम नगरेपछि  बालकले पाउनु पर्ने पर्याप्त पोषण तत्व प्राप्त गर्न सकेका थिएनन्, जसका कारण उनको जीवन नै जोखिममा परेको थियो ।

छोरालाई बचाउन उनको परिवारले सानो आन्द्रा काटेर नयाँ आन्द्रा प्रत्यारोपण गर्न तयार भएको थियो । उनमा देखिएको समस्यालाई चिकित्सकीय भाषामा भोल्भुलस भनिन्छ । एक हजारमा दुई जनामा यस्तो समस्या देखिने बालकको उपचारमा संलग्न चिकित्सकमध्येका एक डा.नरेश सानमुगामको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस