क्यानले हटाउँदा दुख लाग्यो, तर मै कप्तान बन्नुपर्छ भन्ने छैन : ज्ञानेन्द्र मल्ल

सफल खबर संवाददाता

मंगलबार, २० पुस २०७८, १३ : ०१
क्यानले हटाउँदा दुख लाग्यो, तर मै कप्तान बन्नुपर्छ भन्ने छैन : ज्ञानेन्द्र मल्ल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफू सधैंभरि नेतृत्वमा रहनुपर्छ भन्ने नभएको बताएका छन् । मंगलबार टियु क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा सहभागी मल्लले सञ्चारकर्मीहरुसँग बोल्दै आफू सधैंभरि कप्तान बन्न भनेर नआएको र हुनुपर्छ भन्ने पनि नभएको बताएका हुन् । 

सुरुमा नेपाल क्रिकेट संघ (क्यान)ले विना कारण कप्तानबाट हटाउँदा अलिकति दुःख लागेपनि देशका लागि खेल्नु नै आफ्नो मुख्य उद्देश्य भएको उनको भनाई थियो । 

‘सुरुमा बिनाकारण र जानकारी कप्तानबाट हटाइँदा अलिअलि दुस्ख लाग्यो । अलि गाह्रो भएको थियो ।’ उनले भने, ‘यत्रो वर्ष क्रिकेटलाई दिए । विना कारण त्यसो गर्दा व्यक्तिगत रुपमा केहि समय गाह्रो भएको थियो । तर, म सधैंभरि कप्तान बन्न भनेर आएको होइन । हुनुपर्छ भन्ने पनि होइन । म देशको लागि खेल्छु । मेरो लागि खेल्छु र परिवारको लागि खेल्छु । त्यो नै मेरो लक्ष्य हो ।’ 

प्रतिक्रिया दिनुहोस