काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा कौसी खेती सुरुवात गरिएको छ । सोमबार ओलीसहित उनकी पत्नी राधिका शाक्य कौसी खेतीमा व्यस्त बने ।
उनको घरको छतमा कौसी खेतीका लागि स्थान बनाइएको छ र त्यसमा आज जापानी प्रविधीको प्रयोग गर्दै उत्पादन गरिएको कम्पोस्ट मलको प्रयोग गर्दै कौसीखेतीबारे जानकारी गराइएको छ ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अर्गानिक कौसी खेतीको जापानी प्रविधीको प्राङ्गारिक मल प्रयोग गरेर सुरु गरिएको जानकारी दिए ।
त्यसक्रममा प्राविधिकहरुले ओली र शाक्यलाई कौसी खेती र प्राङ्गारिक मलबारे विभिन्न जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ पुस २०७८, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना