राजसंस्था पुनर्स्थापना हुँदासम्म दुर्गा प्रसाईं र मेरो सहकार्य तोडिँदैन: धवलशम्शेर राणा

सफल खबर संवाददाता

आइतबार, ३१ जेठ २०८३, १४ : ५३
राजसंस्था पुनर्स्थापना हुँदासम्म दुर्गा प्रसाईं र मेरो सहकार्य तोडिँदैन: धवलशम्शेर राणा

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यागेर नयाँ पार्टीको गृहकार्यमा रहेका डा. धवलशम्शेर राणाले दुर्गा प्रसाईंसँग आफ्नो एकता हिन्दू राज्यसहित राजसंस्था पुनर्स्थापना नहुँदासम्म नटुट्ने बताएका छन् ।

आफूले अहिलेसम्म राजनीतिक जीवनमा कसैलाई पनि धोका नदिएको र प्रसाईंलाई पनि नदिने उनको भनाइ छ । आज आयोजिक एक पत्रकार सम्मेलनमा बोल्दै राणाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनले भने, ‘गहन र सिरियस कुरामा धवलशमशेरले जे बोल्छ त्यही गर्छ भन्ने भाष्य छ । दुर्गा प्रसाईं र मेरो सहकार्य टुट्दैन । म दुर्गाजीको टिमलाई विश्वस्त पार्न चाहन्छु । मैले आफ्नो राजनीतिक जीवनमा धेरै धोका पाएको छु । तर आफैले कसैलाई धोका दिएको छैन । दुर्गाजीलाई पनि दिन्न ।’

राणाले आफ्नो नेतृत्वको नयाँ पार्टीमा दुई तीन महिनाभित्रै मजबुत भएर जनताको माझमा जाने दावी गरे । सबै प्रदेश र ७५ जिल्लामा कमिटी बनाउँदै गाउँपालिका र नगरपालिकासम्म फैलिने उनले बताए । मलमासका कारणले पार्टी घोषणामा अलिकति ढिलाइ भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस