काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरूको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
चुनावमा टिकट नदिए पनि पार्टीलाई माया गरेर क्रियाशील भइरहनु पर्नेमा पदीय भूमिका खोज्ने क्रम बढेको उनले बताए ।
‘यहाँ त चार वर्षमा मन्त्री पाएन भने पार्टी नै छोडिदिन्छु भन्ने साथीहरूको बिगबिगी छ,’ लुम्बिनीको प्रदेश अधिवेशनमा आचार्यले भने,‘अथवा, चार वर्षमा सभापति बन्न पाइन भने सभापति त कामै लाग्दैन । अर्को पार्टी तिर जानु पर्छ कि भन्ने लाग्छ । यो सही हो र ?’
पुराना दलबाट धैर्यता सिक्न पार्टीका कार्यकर्तालाई आचार्यले सुझाव दिए । आफूबाहेक अरु कोही पनि सही नलाग्ने प्रवृत्ति त्याग्नुपर्ने उनले बताए । आफूबाहेक अर्को व्यक्ति पदमा गए देश–पार्टी बिग्रन्छ भन्ने भावना नराख्न उनले कार्यकर्तालाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ जेठ २०८३, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सांसद बोल्ने, सरकार नसुन्ने यो परम्परा अब अन्त्य हुनुपर्छ’ : विपिन आचार्य