मतदाता नामावली दर्ता गर्न नपाउँदा नाराबाजी

पत्रपत्रिकाबाट

सोमबार, १९ पुस २०७८, ०८ : ३८
मतदाता नामावली दर्ता गर्न नपाउँदा नाराबाजी

काठमाडौं । दर्ता  फारामको अभाव  भएपछि  मतदाता  हुन  चाहनेहरू गुनासो गर्दै घर फर्किनुपरेको छ। निर्वाचन आयोग  काठमाडौँमा  मतदाता  नामावलीका लागि   दर्ता   गराउन   घण्टौँसम्म   लाम लागेकाहरूले फाराम नपाएपछि रुष्ट भएका थिए ।

कार्यालयका कर्मचारीले नामावली दर्ता फाराम सकिएको जनाउ दिएपछि नाराबाजी भयो र त्यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी परिचालन गर्नुपरेको थियो। आयोगको काठमाडौँस्थित कार्यालयमा उपत्यकाबाहिरका    बासिन्दाले    मतदाता नामावली  दर्ता  गर्न  पाउने  व्यवस्था  छ।सर्लाहीका शशीप्रसाद गुप्ताले तीन दिनदेखि आफूले मतदाता नामावली दर्ता गर्न फाराम नपाएर  फर्किनुपरेको  गुनासो  गर्दै  भने, “हरेक  दिन  आएर  लाइनमा  बस्छु।  तर सधैँ  फाराम  सकियो  भनिन्छ,  आज  पनि पाइएन।”

आयोगका   कर्मचारीले   ३५०   भन्दा बढी फाराम वितरण गर्न नसकिने जानकारी दिएपछि  भीड  भड्किएको  थियो।  गत मङ्सिर  २३  गतेदेखि  सञ्चालन  भएको डेस्कमा  आइतबार  अन्य  दिनभन्दा  दोब्बर नागरिक पुगेका थिए। आयोगका  सूचना  अधिकारी  सूर्यप्रसाद अर्यालले भने, “दोस्रो चरणको मतदाता नामावलीको   समय   सोमबार   सकिँदैछ। त्यसैले    मानिसहरू    हतारिएका    हुन्।”  आयोगले निर्वाचनको मिति घोषणा नभएसम्म तेस्रो चरणको मतदाता नामावली सङ्कलनको अभियान जारी राख्ने जनाएको छ। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस