माओवादी महाधिवेशन: निर्वाचन, लेखा र अनुशासन आयोगका प्रमुखको नाम पारित

सफल खबर संवाददाता

आइतबार, १८ पुस २०७८, १६ : ५८
माओवादी महाधिवेशन: निर्वाचन, लेखा र अनुशासन आयोगका प्रमुखको नाम पारित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)  को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा निर्वाचन मण्डलका सदस्यले लेखा, निर्वाचन, अनुशासन आयोगका सदस्यहरूको नाम प्रस्तुत गरेका छन् ।

निर्वाचन मण्डलले प्रस्तुत गरेका निर्वाचन, लेखा र अनुशासन आयोगका प्रमुखको नाम पारितसमेत भएको छ ।


 

प्रतिक्रिया दिनुहोस