काठमाडौं । नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशनमा संयोजक लगायत आयोजक समितिका सम्पूर्ण सदस्यहरू निर्वाचित भएर आउनुपर्ने प्रस्ताव गरेको छ ।
प्रत्येक जिल्ला र महाशाखाहरूबाट जेनजी युवा समूहको समेत प्रतिनिधित्व गराउने गरी प्रतिनिधि चयन गर्ने माओवादीको योजना छ ।
जिल्ला र महाशाखाहरूबाट थप एक–एक जना जेनजी समूहको प्रतिनिधित्व रहने’ अध्यक्ष प्रचण्डले आजदेखि सुरु पार्टी केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको संक्षिप्त राजनीतिक तथा संगठनात्मक प्रस्तावमा लेखिएको छ ।
जिल्ला र महाशाखाहरूबाट पार्टी सदस्य संख्याको आधारमा प्रतिनिधित्वको व्यवस्था हुने छ । जसमा एक हजार सदस्य बराबर एक जनाको प्रतिनिधित्व हुनेछ ।
सदस्य संख्याको आधारमा प्रतिनिधित्व चयन गर्दा प्रत्येक तीन जनामा एक जना महिलाको प्रतिनिधित्व गराउने योजना छ । साथै हरेक जिल्लाबाट एक जना दलित र एक जना युवाको पनि प्रतिनिधित्व अनिवार्य गराइने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असोज २०८२, १४ : ४६
लेखकबाट थप