माओवादी महाधिवेशन : केन्द्रीय सदस्यको निर्वाचन कार्यक्रम संशोधन

सफल खबर संवाददाता

शनिबार, १७ पुस २०७८, २० : ३६
माओवादी महाधिवेशन : केन्द्रीय सदस्यको निर्वाचन कार्यक्रम संशोधन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनका लागि तय गरिएको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । सहमतिमा सदस्य चयन गर्नका लागि गृहकार्य चलिरहँदा केन्द्रीय निर्वाचन आयोगले कार्यक्रम संशोधनबारे सूचना प्रकाशित गरेको हो ।

संशोधित कार्यक्रमअनुसार उम्मेदवारको मनोनयत पत्र दर्ता शनिबारबाट आइतबार २ बजेदेखि ३ः३० बजेसम्मका लागि सारिएको छ । त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशत ५ः४५ बजेसम्म गर्ने र ६ः२५ बजेदेखि १०ः२५ बजेसम्म मतदान गर्ने कार्यतालिका प्रकाशित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस